सिन्धुली। रिटर्नी फेडेरेसन नेपाल सिन्धुली जिल्ला कमिटी द्वारा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको भएको छ। नवराज थिङको प्रमुख आतिथ्यता तथा राजु चौलागाईको अध्यक्षतामा नयाँ वर्ष २०७९ को अवसरमा बिहिबार (आज) शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो।
रिटर्नी फेडेरेसन नेपाल सिन्धुलीका इन्चार्ज सागर कार्कीका अनुसार नयाँ वर्ष २०७९ को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गिएको र रिटर्नी फेडेरेशन नेपाल सिन्धुलीका अध्यक्ष राजु चौलागाईको अध्यक्षतामा प्रमुख अतिथि नवराज थिङको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा रिटर्नी फेडेरेसन नेपाल सिन्धुली इन्चार्ज सागर कार्की, रिटर्नी फेडेरेसन नेपाल केन्द्रीय सदस्य जीवन घिसिङ, नेकपा एमाले जिल्ला सदस्य दिपेश बराल,देवराज वाइबा, दीपेन्द्र फुयाल, केदार देवकोटा, राजु बराल, नगर कमिटी अध्यक्ष महेन्द्र देव श्रेष्ठ,अमेरिका प्रवास मञ्चका केन्द्रीय सदस्य शकर लुङेगेली लगायत नेकपा एमाले जिल्ला तथा केन्द्रीय नेतृत्वको उपस्थित रहेको थियो।

