काठमाडौं- त्रिकोणात्मक टी–२० सिरिज विजेता नेपाली टिमका खेलाडी पुरस्कृत हुने भएका छन्। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले शृंखलाको उपाधि विजेता नेपाली खेलाडीहरुलाई जनही नगद २ लाख पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

चैत १४ देखि २१ गतेसम्म काठमाडौंमा भएको नेपाल, पपुवा न्युगिनी र मलेसियाबीको खेलमा नेपाल च्याम्पियन बनेको थियो। 

निर्णय अनुसार श्रृंखला खेलेका १६ खेलाडीले २–२ लाख नगद पुरस्कार पाउनेछन्। भने मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नगद १ लाख ५० हजार तथा अन्य अफिसियलले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।