रामेछाप। २०७८ चैत ५ गते दिउँसो घरमा खानेपानी अभाव भएपछि खानेपानीको पाइप जोड्न हिँडेकी ५१ वर्षिया तेज कुमारी सुनुवार दिउँसो करिब पौने दुई बजे छिमेकी १९ वर्षिया निश्चल सुनुवारको आक्रमणमा परीन्। कोदालो प्रहारबाट तेज कुमारी सुनुवारको टाउकोमा गहिरो/गम्भिर चोट लाग्यो। 

गम्भिर घाईते तेज कुमारी सुनुवारको बाँसबारी स्थित न्यूरो अस्पतालमा उपचार भएको करिब एक महिना पुग्न लाग्यो तर उनको अहिलेसम्म होस खुलेको छैन। डाक्टरको सल्लाह अनुसार टाउकोमा गम्भिर चोटका कारण उनको तत्काल टाउकोको सल्यक्रिया गर्नुपर्ने भयो। पहिलो चरणको सल्यक्रिय सकिएपनि उनी पूर्ण रुपमा निको नभएपछि थप सल्यक्रिया गर्नुपर्ने भएको उनका छोरा प्रकाश सुनुवारले बताए। तर, पिडकले उपचार खर्चका सम्बन्धमा चासो नदेखाएपछि आमाको उपचार खर्चमा समस्या भएको प्रकाश सुनुवारले बताए।

गत चैत ६ गते नै जिल्ला प्रशासन कार्यालय रामेछापमा किटानी जाहेरी दिएर पिडक पक्राउ परेको भएपनि पिडकले पीडितको उपचारको लागि आर्थिक क्षतीपूर्ति नदिएको कारण उपचारमा थप समस्या परेको पीडित तेज कुमारी सुनुवारको छोरा प्रकाश सुनुवारले जनचासो स्रोतलाई जनाकारी दिए। आमाको स्वास्थ्य उपचारको लागि सामाजिक सञ्जाल फेसबुकमार्फत सहयोगको अपिल गरेको प्रकाश सुनुवारले बताए।

रामेछाप जिल्लको गोकुल गाउँपालिका वडा नं. ५ निवासी १९ वर्षिया निश्चल सुनुवारले खानेपानीको पाइप जोड्न जानेक्रममा सोही स्थान निवासी तेजकुमारी सुनुवारलाई वडा नं. ५ कोलबोटे भन्ने स्थानमा गत चैत ५ गते दिउँसो करिब पौने दुईबजे तेज कुमारी सुनुवारलाई कोदालो प्रहार गरी सक्त घाइते बनाएका थिए।

तत्काल उपचारका लागि रामेछापको सदरमुकाम मन्थली तामाकोशी अस्पतालमा उपचारको लागि ल्याउँदा बिरामी तेज कुमारी सुनुवारलाई तत्काल काठमाडौंको बाँसबारी स्थित न्यूरो अस्पताल रिफर गरेको छोरा प्रकास सुनुवारले बताए। हाल पीडित तेज कुमारी सुनुवारको आइसियुमा राखि उपचार भईरहेको छ।

सहयोगका लागि अपिल: