काठमाडौं । आगामी माघ १ गतेदेखि एक बैङ्कको एटिएम कार्ड अर्को बैङ्कको एटिएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने राष्ट्र बैङ्कले जनाएको छ। बैङ्कले बिहीबार सूचना भुक्तानी सम्बन्धी एकीकृत निर्देशन २००७७ जारी गर्दै अन्तर बैङ्क एटिएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरेको हो ।
राष्ट्र बैङ्कले जारी गरेको निर्देशिकामा महिनामा दुई पटक मात्रै एटिएम प्रयोग गर्दा भने निशुल्क सेवा उपलब्ध गराउन निर्देशन दिएको छ । दुई भन्दा बढि कारोबारमा प्रति कारोबार २० रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने व्यवस्था गरी बैङ्कले निर्देशन जारी गरेको छ।
कोभिड १९ को असरका कारण बैङ्कले गत चैतको दोस्रो साताबाट अन्तर एटिएम कारोबार बैंकहरुले नै निशुल्क गराउन निर्देशन दिएको थियो ।

