काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा ग्याँसको मूल्य फेरी बढाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेल पनि प्रतिलिटर ५/५ रुपैयाँले बढेको हो।
निगमले मूल्य बढाएसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पुगेको छ । निगमले खाना पकाउने ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय कायम गरेको जनाएको छ।
निगमका अनुसार बढेको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुने निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यसअघि गत चैत २ गते निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।

