चैत १६, जनचासो खबर । आज त्रिकोणात्मक टि२० आई सिरिजको फाइनल खेलमा नेपाल पिएनजी आमनेसामने हुँदैछन् । नेपाल, मेलेसिया र पिएजनीबीचको त्रिदेशीय सिरिजमा नेपालले समुह चरणको सबै खेल जित्दै फाइनल पुगेको हो भने पिएनजीले दुईखेलमा जित निकाल्दै फाइनलमा स्थान बनाएको हो ।
समूह चरणको दुवै खेलमा नेपालले पिएनजीलाई पराजित गरेको थियो । टियु क्रिकेट मैदानमा दिउँसो १२ बजेर ३० मिनेटमा सुरु हुनेछ ।
नेपाललको सम्भावित टोली
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, दीलिप नाथ, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा र सन्दीप लामिछाने (कप्तान) ।