१७ चैत, जनचासो खबर । नेपालले जारी त्रिदेशिय टि २० क्रिकेट प्रतियोगितामा पिएनजीलाई ३७ रनले पराजित गरेको छ ।
टियु क्रिकेट मैदानमा १२ बजेर ३० मिनेटमा सुरु भएको खेलमा नेपालले पहिले ब्याटिङ्ग गरेको थियो । नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३ रन बनाउन सफल भएको थियो । पिएनजी सामु विशाल लक्ष्य प्रस्तुत गर्ने क्रममा नेपालका दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ६६ रनको योगदान गरे भने रोहितले ४१, आसिफले ३८ रन बनाउँदा आज डेब्यु गरेका आदिल आलमले ३१ रन बनाए । त्यस्तै कुशलले १७ रन, करन १, आरिफ १ र सन्दिप २ रनमा अविजित रहे ।
पिएनजीले १९ दशमलव ४ बलमा सबै विकेट गुमाउँदै एक सय ६६ रन मात्र बनाउन सफल भयो । नेपालका करण के.सी.ले ५ विकेट लिँदै म्यान अफ द म्याच भए ।