दोहा । मिति २५ मार्च २०२२ शुक्रबारका दिन किरात राई यायोक्खा शाखा कतार अन्तर्गत महिला बिभागद्धारा बिगतका वर्षहरुमा झैं यस वर्ष पनि “छोरीचेली तथा कलाकार भेटघाट कार्यक्रम-२०२२” आयोजना गरेको छ ।
बिभाग प्रमुख आशा राईको सभापतित्व तथा संस्थाका अध्यक्ष शंकरमान राईको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा नेपाल आदिवासी ? महासंघ कतारका महिला बिभाग प्रमुख रमि मोक्तान बिशेष अतिथि, संस्थाका पूर्व अध्यक्ष सल्लाहकारहरु, लगायत किरात राई दाजुभाई तथा दिदि बहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो । संयुक्त रुपमा ब्यानर अनावरण तथा द्धीप प्रज्वलन गरि राष्ट्रिय गान बजाएर उद्घाटन गरिएको थियो । महिला बिभागको उप प्रमुख गंगा राईले स्वागत मन्तव्य राखेर उपस्थित सम्पूणर्लाई स्वागत गर्नुभएको थियो ।
संस्थाले बिगतका दिनहरुमा आन्तरिक रुपमा कार्यक्रम गर्दै आएको थियो । तर यसपटकको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ लगयत मातहतका मातृसंस्थाहरुका महिला बिभाग प्रमुखहरु समेतको सहभागितामा थियो । बृहत् तरिकाले आयोजना गरिएको उक्त कार्यक्रममा शुभकामना दिदैं संस्थाका महासचिव पुणर् बहादुर राईले संस्थाको साङाठानिक प्रकृया पद्धति र यसको बिकास एवम् किराती संस्कारमा चेली र माइती बीचको अन्तरसम्बन्ध बारे चर्चा गर्नुभएको थियो ।
यसैगरि शुभकामना मन्तव्य दिने क्रममा द्धितीय उपाध्यक्ष राज कुमार राई र प्रथम उपाध्यक्ष गजेन्द्र राईले पनि यस किसिमका कार्यक्रमहरु संस्थाले आयोजना गरेर छोरीचेली तथा कलाकार र संस्था बीचको सम्बन्ध अझ निकट हुदैजाने बिश्वास व्यक्त गर्नुभएको थियो ।
संस्थाका महिला बिभागका पुर्व प्रमुखहरु सीता राई र निर्मला राईले पनि कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो । त्यसैगरि महासंघ कतारका पुर्व अध्यक्ष एवम् संस्थाका सल्लाहकार देवराज राई, पुर्व अध्यक्ष तथा विशेष सल्लाहकार एकराज, प्रमुख सल्लाहकार विमल राईले पनि कार्यक्रम बारे थप यसको महत्वबारे थप चर्चा गर्दै कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् संस्थाका अध्यक्ष शंकरमान राइले संस्था स्थापनाकालमा अहिले जस्तो सहज अवस्था नरहेको चर्चा गर्दै किराया शाखा कतारको स्थापनाको लागि विशेष भूमिका खेल्नुहुने विदुरहाङ राई, साथै पुर्व अध्यक्षहरु मधाव किराती, चन्द्रसेर राई, धिरज चाम्लिङ राई, अमृतकुमार राई, एकराज राई र विमल राईलाई संस्थाको नेतृत्व गरेर (किराया) आज यहाँसम्म आइपुगेको बताउनु भयो । बिगतमा अनौपचारिक रुपमा छोरीचेली भेटघाट कार्यक्रम गर्दै आएको भएता पनि औपचारिक रुपमा अमृतकुमार राईको कार्यकालबाट शुरु गरिएको र त्यसपछि निरन्तर रुपमा यो कार्यक्रम आयोजना गरिदै आएको बताएका थिए ।
कार्यक्रममा आयोजकको निमन्त्रणालाई स्वीकार गरेर नेपाल आदिवासी जनजाति महासंघ कतार मातहतका मातृसंस्थाहरु नेपाल मगर संघ शाखा कतार, किरात याक्थुङ चुम्लुङ कतार, तमु (गुरुङ) समाज शाखा कतार, तमु प्ये ल्हु समाज कतार, नेपाल प्रवासी समाज शाखा कतार, थारु कल्याणकारिणी सभा कतार च्याप्टर, सुनुवार सेवा समाज शाखा कतार, प्रवासी भुजेल समाज शाखा कतार र शेर्पा किदुग दोहा कतारका महिला बिभाग प्रमुखहरुको गरिमामय उपस्थिति रहेको थियो ।
संस्थाका अध्यक्ष शंकरमान राईले ढाकाको सल ओढाएर छोरीचेलीहरुलाई संस्थागत सम्मान गर्नुभएको थियो भने महिला बिभाग प्रमुख आशा राईले सम्पुर्ण दाजुभाईहरुलाई चेलीको कोशेली स्वरुप ढाका टोपी ओढाएर सम्मान व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विविध साँस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतीहरु रहेको थियो । प्रस्तुती दिने क्रममा गायन तर्फ हुतराज राई, बनिता राई, मुगाधन राई र धर्मराज राईले आफ्नो गीतले भरपुर मनोरञ्जन दिलाएका थिए भने नृत्य तर्फ आशा राई, प्रकृती राई, सुवास राई र धर्मराज राईले आफ्नो प्रस्तुती दिएका थिए ।
दुइ चरणमा विभाजन गरि संचालन गरिएको कार्यक्रममा औपचारिक कार्यक्रम महिला बिभागका सचिव सरिता याम्फु राईले, साँस्कृतिक कार्यक्रम तर्फ उप सचिब प्रकृती राईले संचालन गरेका थिए । कार्यक्रम शौहार्दपुणर् वातावरणमा सभ्य र भव्य रुपमा सफल भएको भन्दै सम्पुणर् आमन्त्रित पाहुनाहरुलाई साथै कार्यक्रम सफल पार्न अहोरात्र खट्नुहुने सम्पुणर्लाई, प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्नुहुने सबैमा र उपस्थित दाजुभाइ दिदीबहिनीहरुलाई धन्यवाद दिदै कार्यक्रमको अध्यक्षता गरिरहनुभएका आशा राईले कार्यक्रम समापन गर्नुभएको थियो ।