१६ चैत, जनचासो खबर । टियु क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ ।
त्रिदेशीय टि२० त्रिकोणात्मक सिरिजमा नेपालको यो लगातार दोस्रो जित हो । टि.यु. क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय १४ रन मात्र बनाउन सफल भयो । मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका कप्तान सन्दिप लामिछाने र करण के.सीले समान २/२ विकेट लिए भने अविनाश बोहोरा, कुशल मल्ल र दिपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए ।
नेपालले एक सय १४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा ४ विकेट गुमाउँदै पुरा गर्यो । नेपालको जितमा आरिफ शेखले ३८ वलमा ७ चौका र १ छक्का सहित सर्वाधिक ५७ रनको योगदान दिए । ओपनर कुशल भुर्तेल १ रनमा आउट हुँदा दिपेन्द्रले २१, रोहित पौडेलले १२ भने दिलिपनाथले १५ र कुशल मल्ले २ रनमा अविजित रहे ।
मलेसियाका पभनदीपले २ विकेट लिए लिँदा अमिर र शेदले समान १/१ विकेट लिए ।