१६ चैत, जनचासो खबर संवाददाता । आज बुधबारबाट बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ सर्वसाधरणका लागि विक्री खुला गरिएको छ । आईपिओमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुले चैत २१ गते सम्म आवेदन दिइसक्नु पर्नेछ । चैत २१ गतेसम्ममा सबै विक्री नभएको अवस्थामा भने चैत ३० गतेसम्म आवेदन दिनसकिने छ । 

कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकितमूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

विक्रि वितरणमा ल्याइएको शेयरमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ। त्यसपछि बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता शेयरका सर्वसाधारणले आवेदन दिन सकिने छ ।

इच्छुक लगानी कर्ताले कम्तिमा १० देखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सक्नेछ ।आईपीओमा आवेदन दिन नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र मेरो शेयरबाट आवेदन दिन सकिने छ ।