१६ चैत, जनचासो खबर । आज राति भएको प्लेअफको फाइनल खेलमा पोर्चुगलले नर्थ म्यासोडोनियालाई पराजित गर्दै क्वातार विश्वकप, २०२२ को यात्रा तय गरेको छ ।

सन् १९९८ देखि लगतार विश्वकप खेलिरहेको पोर्चुगल समूहचरणबाट सोझै छनौट हुन नसक्दा प्लेअफको कठीन यात्रा गर्नु पर्‍यो । विश्वको प्रसिद्ध फुटबलर क्रिस्टियानो रोनाल्डोको टिमलाई विश्वकपसम्म पुर्‍याउन ब्रुनो फर्नान्डसले दुवै गोल गर्न सफल भए ।

यो जितसँगै मेस्सी र रोनाल्डोलाई दुवैलाई विश्वकपमा देख्न पाइने भएको छ । पोर्चुगलले प्लेअफ खेल्न पर्ने भएपछि क्वातार विश्वकपमा रोनाल्डो देख्न नपाइने हो कि भन्ने चिन्तामा फुटबलप्रेमिहरु डुबेका थिए ।

म्यानचेष्टर युनाइटेडका स्टार क्रिष्टियानो रोनाल्डोको यो ५औँ तथा सम्भवत अन्तिम विश्वकप हुन् सक्छ । किनभने आउँदो विश्वकपको समयमा उनी ४१ वर्ष पुगिसक्नेछन् । एक दशक अगाडिदेखि  विश्वको नम्बर एक फुटबलर को भनेर पोर्चुगिज रोनाल्डो र अर्जेन्टाइन मेस्सीबिच मदभेद भइरहेको छ र यो विश्वकप दुई मध्ये एकले जिताउन सके एकलाई  विश्व फुटबलले नम्बर एकको ट्याग दिने पनि निश्चित छ । 

त्यस्तै युरोप विश्वकप क्यालिफायरको अर्को फाइनलखेलमा पोल्याण्डले स्वीडेनलाई २-० गोलले पराजित गर्दै विश्वकपमा छनौट भएको छ । पोल्याण्डलाई विश्वकप पुर्‍याउन लेवन्डोस्कीले एक तथा जेलिनिस्कीले एक गोल गरे । आज राति नै हुनु पर्ने अर्को छनौटको फाइनल खेल भने रसिया र युक्रेन युद्धका कारण युक्रेन र स्कटल्याण्डको खेल हुन नसकेकोले खेल हुन सकेन । युक्रेनमाथि युद्ध गरेकोको कारण रसियालाई फिफाले विश्वकप छनौट खेल प्रतिवन्ध गर्दा पोल्याण्डले सिधै छनौटको अन्तिम चरण खेलेको थियो ।