काठमाण्डौ । सरकारले बालबालिकाको लागि कोरोनाविरुद्धको ८४ लाखा मात्रा फाइजर खोप खरिद गर्ने तयारी गरेको छ । 

नेपालमा कोरोनाविरुद्धको खोप अभियान तीव्र गतिले सञ्चालन भएपनि ५ देखि ११ वर्षसम्मका बालबालिकाहरूले अझै खोप लगाउन पाएका छैनन् । सो समुहकालाई ८४ लाख मात्रा खोप आवश्यक पर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसै क्रममा बालबालिकाहरूलाई लगाइने फाइजर खोप आयातका लागि तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुले वैशाखदेखि जेठ सम्ममा बालबालिकालाई खोप दिइने बताउँदै आएका छन् । ८४ लाख मात्रा फाइजर खरिद प्राप्त गर्ने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा.सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो । उहाँले ५ देखि ११ वर्षसम्मका बालबालिकाले अब चाँडै खोप पाउने बताउनुभयो । यस्तै सरकारले एक साताभित्र बालबालिकाका लागि ४५ लाख मात्रा खोप खरिद गरि ल्याउने तयारी भएको जनाएको छ ।

चीन सरकारको सहयोगमा उक्त मात्राको सिनोभ्याक्स खोप आइपुग्ने आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. चौरसियाले बताउनुभयो । यस्तै, ११ वर्षदेखि १७ वर्षसम्मका बालबालिका लागि अनुदान सहयोगमा चैत्र १२ गते र १४ गते १५ लाख मात्रा फाइजर खोप आउँदैछ ।