काठमाण्डौ । आज साताको तेस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।
नेप्से परिसूचक १२ दशमलव ५४ अंकले बढेर २ हजार ६ सय ४७ दशमलव २० अंकमा पुगेको हो । यस अघि साताको पहिलो दिन आईतबार दोहोरो अंकले बजार घटेको थियो भने हिजो दोहोरो अंकले नै बढेको थियो ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.०६ अंकले बढेको छ । ‘क’ वर्गमा २५ वटा बैंकसहित ३६ कम्पनीहरु रहेका छन् ।
नेप्से परिसूचक बढे पनि कारोबार रकम २ अर्ब ५१ करोडमा रोकिएको छ । आज दिनभर ३६ हजार ७ सय ७२ कारोबारबाट २३५ कम्पनिका ५३ लाख २९ हजार ९९३ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार १७८ रुपैयाँ पुगेको छ ।००००