काठमाडौँ । अर्थमन्त्रीले सेयर बजारलाई जति फकाएपनि बजार भने निरन्तर घटिरहेको छ ।

आज पनि सेयर बजार १४।६७ अंकले घटेको छ । ०।५६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६१६।६७ अंकमा ओर्लिएको छ ।  आज २२४ कम्पनीका ४२ लाख ८७ हजार ५ सय ६९ कित्ता शेयर किनबेच हुदा २ अर्ब २५ करोड ४६ लाख २६ हजार १ सय ९१ रुपैयाँ बराबरको कारोबार भएको हो ।

आज सबैभन्दा धेरै सेयर मूल्य राष्ट्र उत्थान लघुवित्त वृद्धि भएको छ । सो कम्पनीको आज १० प्रतिशत सेयर मूल्य वृद्धि भएको हो । भने सबैभन्दा धेरै नेपाल लाइफको कारोबार भएको छ । सो कम्पनीको आजे १६ करोड २९ लाख ४९ हजार रुपैयाँको सेयर कारोबार भएको हो ।