काठमाडौं । सरकारले गर्न लागेको १२ औँ राष्ट्रिय जनगणनामा वास्तविक मौलिक पहिचानसहितको तथ्याङ्क सङ्कलन गराउन किरात विद्यार्थी समन्वय समितिले संयुक्त अपिल गरेको छ । समन्वय सिमितिले बिहीबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरेर संयुक्त अपिल जारी गरेको हो ।

समितिका अनुसार सरकारले मेरो गणना, मेरो सहभागिताभन्ने नारासहित वि.सं. २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म १२ औँ राष्ट्रिय जनगणना गर्न लागेको र उक्त गणना कै आधारमा राज्यले अधिकांश नीति तथा कार्यक्रमहरु तय गर्ने भएकोले सही तथ्याङ्क सङ्कलन गर्न/गराउन संयुक्त अपिल जारी गरेको जनाएको छ ।

जारी अपिलमा किरातिहरुको अस्तित्व र पहिचान, भाषा, धर्म र संस्कृतिको यकिन तथ्याङ्क संकलनको लागि किरात समन्वय समितिले यस अघि गरेका निर्णयहरुलाई आत्मसाथ गर्दै जनगणनाको फारमको महलमा निम्नानुसार गराउनु पर्ने उल्लेख गरेको छ ।

क्र.सं.

जात/जाति के हो ? भन्ने महलमा

पुर्खाको भाषा कुन हो ? भन्ने महलमा

मातृभाषा कुन हो ? भन्ने महलमा

दोस्रो भाषा कुन हो ? भन्ने महलमा

कुन धर्म मान्नु हुन्छ ? भन्ने महलमा

सुनुवार

सुनुवार

सुनुवार

नजिकको आदिवासी जाजातिको मातृभाषा

किरात

राई

थरगत भाषाहरु

थरगत भाषाहरु

लिम्बु

लिम्बु

लिम्बु

याक्खा

याक्खा

याक्खा