काठमाण्डौं । मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्षमा भेष खड्गी नियुक्त भएका छन् । 

रिक्त रहेको अध्यक्ष पदमा बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद  ढकालले नियुक्त गरेका हुन् । खड्गीलाई बागमती प्रदेश खेलकुद विकास परिषद् सदस्य सचिव सूर्यलाल भण्डारीले मन्त्रालयबाट प्राप्त नियुक्त पत्र हस्तान्तरण गरेको खेलकुद विकास समितिका कार्यालय सचिव खुशराज दाहालले बताए । खड्गी नेपाली कांग्रेसको तर्फबाट समितिको अध्यक्षमा नियुक्त भएका हुन् । उनको कार्यकाल दुईवर्ष हुनेछ ।