पाँचथर। किरात याक्थुङ चुम्लुङको ११ औँ राष्ट्रिय अधिवेशनबाट केन्द्रीय समितिको अध्यक्षमा प्रेम येक्तेन निर्वाचित भएका छन्। चुम्लुङले चैत्र २ गते बुधबार पत्रकार सम्मेलन गरी ११ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको जनाएको छ।

११ औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा प्रेम याक्तेन, उपाध्यक्षमा डा. कमल तिगेला लिम्बु, गोविन्द आङ्बुङ, कमला फोम्बो र चन्द्र कुमार आङ्देम्बे, महासचिवमा निरन्ति तुम्बापो, उप-महासचिव डा. योगेन्द्र पालुङ्वा, सचिवमा भीमप्रसाद योङहाङ(यासेली), दिलकुमारी लिम्बु, चक्र येक्तेन(अभिषेक) र भवानी बिक्रम सङ्वाङ्फे र कोषाध्यक्षमा अमर तुम्याङ निर्वाचित भएका छन्।

त्यस्तै सदस्यहरूमा क्रमश लक्ष्मण लाओती, कमिता तुम्बाफो, सन्तोष सेरेङ, बिमला पालुङ्वा, सीता होक्पा चोङ्बाङ, इन्द्र कुमारी लक्सम, आइन्द्र कुमार आङ्बो, कर्ण बिक्रम लिम्बु, अमृत योङहाङ, चन्द्रकला सुब्बा, उत्तम कुमार लिङ्थेप, चन्द्र सिं नेम्वाङ, बिष्णु कुमारी तुम्बापो, राज्य प्रसाद लुम्फुङ्वा, ठाकुर सिं लिम्बु, मनोहर लिम्बु, जीवन प्रकाश सेर्मा, विवेक योङहाङ, डा. भीम सुब्बा, इक्सा सङ्बाङ्फे नाल्बो, रेश्मा खेवाङ र कविराज आङ्देम्बे निर्वाचित भएको प्रत्रकार सम्मेलनमा जनाएका छन्।

चुम्लुङ्‍को राष्ट्रिय अधिवेशन फागुन २८ देखि चैत्र १ गते योगराज वानेम लिम्बुको अध्यक्ष फेदेन पान्थरमा सम्पन्न भएको थियो ।