काठमाण्डौ ।  प्रहरीले यस बर्षको होलीमा उछृंखल गतिविधि गर्नेलाई कारवाही गर्ने चेतवनि दिएको छ ।

महानगरिय प्रहरी परिसर, टेकुले विशेष सुरक्षा योजना सार्वजनिक गर्दै होलीमा होहल्ला गर्ने, जबरजस्ती रङ दल्ने र लोला हान्ने ब्यत्तीलाई कारबाही गर्ने चेतावनि दिएको हो । विषेश गरि सडकमा हिडेका यात्रुलाई घरमाथिबाट फोहोर पानी र लोला हान्नलाई कारबाही गर्न सामान्य अवस्थाभन्दा बढी प्रहरी परिचालन गर्ने गरी योजना बनाइएको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो । यस्तै, यस बर्षको होली पर्वलाई लक्षित गरेर काठमाडौं उपत्यकामा ३५ सय भन्दा बढी प्रहरी परिचालन गरिने भएको छ ।

उपत्यकाका तीनवटै जिल्लामा होलीलाई व्यवस्थित, मर्यादित र कुनै अप्रिय घटना हुन नदिन उक्त संख्यामा प्रहरी परिचालन गर्न लागिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक एसपी सन्तोषसिंह राठौरले जानकारी दिनुभयो । काठमाडौंमा मात्र १७ सय थप प्रहरी परिचालन गरिने छ । यस्तै, ललितपुरमा ६ सय भन्दा बढी र भक्तपुरमा ४ सय भन्दा बढी प्रहरी परिचालन गरिने छ ।००००