काठमाडौं। नेपाल तामाङ घेदुङको अध्यक्षमा मोहन गोले पुन: अध्यक्षमा निर्वाचित भएका छन्। घेदुङको काठमाडौंमा सम्पन्न नवौँ महाअधिवेशनबाट गोले पुन: निर्वाचित भएका हुन्।

तामाङ घेदुङको बन्दसत्रमा अध्यक्ष पदका लागि भएको निर्वाचनमा गए राति सम्पन्न मतदानमा अध्यक्ष पदमा गोले ४ सय १ मत प्राप्त गरी विजयी भएका हुन्। अर्का अध्यक्षका प्रत्यासी बेली लामाले पक्षमा १ सय ७ मत खसेको थियो।

सहअध्यक्ष पदमा कुमार घिसिङ निर्वाचित भएका छन्। उनी ३२१ मतका साथ निर्वाचित भएका हुन्। सहअध्यक्षका प्रत्यासी मित्रसेन योञ्जनले १४६ मत प्राप्त गरे ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा रामकृष्ण ब्लोन, उपाध्यक्षमा सोमबले तामाङ, नरबहादुर मोक्तान, धर्म डुम्जन, मानबहादुर तामाङ, दिपक वाइबा, महिला उपाध्यक्षमा सन्चकुमारी ब्लोन र सिता लामा, महासचिवमा काजीमान थिङ
उपमहासचिवमा जगतमान दोङ र हर्कमान तामाङ, सचिवमा जयमान वाइवा, गोमानसिं तामाङ, बेलबहादुर तामाङ र बिनाकुमारी माम्बा, कोषाध्यक्षा रुपबहादुर योन्जन निर्वाचिन भएका छन्।

नवौँ महाधिविेशनबाट सहकोषाध्यक्षमा सावित्री तामाङ र  सदस्यहरूमा पदमबहादुर ग्याबक, गोपाल मोक्तान, विष्णु मोक्तान, दिलबहादुर तामाङ, पदम तामाङ, चन्द्रबहादुर तामाङ, धनबहादुर तामाङ, डम्बरी माया घिसिङ, कमला तामाङ, शारदामाया तामाङ, पाल्छाङ योञ्जन, जयमान पाख्रिन, भिमबहादुर घिसिङ, प्रेमध्वज लामा, लक्ष्मी वाइबा, राम्रीमाया तामाङ, दिनेशकुमार तामाङ, अमृत तामाङ, मिनबहादुर लामा, सुवास लामा, फुर्साङ तामाङ, सूर्य पाख्रिन, हिरालाल तामाङ, रोजबहादुर मोक्तान, सुवास लामा, निर्मलबहादुर तामाङ, मेम्बर बहादुर लो, दिना लामा, संगीता तामाङ, पासाङ डोल्मु तामाङ, उषा वाइवा, सितामाया तामाङ, अजय दोङ तामाङ, शुकदेव तामाङ, सुन्दर तामाङ, आशा तामाङ, बिरबहादुर तामाङ, कविराम तामाङ, जानुकला तामाङ, शान्त तामाङ, इन्द्रमाया लामा, लक्ष्मी पाख्रिन, सुनिता थोकर, निशा मोक्तान र श्रमिक लामा निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको छ।