रामेछप । जलविद्युत आयोजनामाथि आदिबासी माझी महिलाहरुको अडान पत्रबारे एक दिवसिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सुनकोशी–२ जलविद्युत आयोजनाले रामेछापको स्थानीय माझी महिलाहरुको मानव तथा भूमि अधिकारमा पार्न सक्ने लैैैङ्गिक प्रभाव माथी तयार पारिएको अडान पत्र सम्बन्धी रामेछापको सदरमुकाम मन्थलीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
राष्ट्रिय आदिबासी जनजाति महिला मञ्चको आयोजनामा सम्पन्न कार्यक्रममा प्रतिनिधी सभा सांसद श्याम कुमार श्रेष्ठ, बागमती प्रदेश सभा सांसद शान्ति प्रसाद पौडेल, आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनवार लगाएतले कार्यक्रममा मन्तब्य राखेका थिए ।
मन्तब्यको क्रममा आदिबासीहरुको परम्परागत पेशालाई राज्यले ब्यबसायीकरण गर्दै जानु पर्ने सांसद श्याम कुमार श्रेष्ठले बताए । त्यसै गरि आयोजना संचालन भए पनि स्थानीय आदिबासीका लागी आयोजनाले उचित ब्यबस्थापन गर्नु पर्ने प्रदेश सांसद शान्ति प्रसाद पौडेलले बताए । बिकासको नाममा आदिबासी माझीहरुलाई बिस्थापित गर्न नहुने महासंघका अध्यक्ष अमृत सुनुवारले बताए ।
राष्ट्रिय आदिबासी जनजाति महिला मञ्चका उपाध्यक्ष यशोकान्ती भट्टचनले तयार पारिएको २२ बुंँदे अडान पत्र प्रस्तुत गरेका थिए भने मञ्चका कोषाध्यक्ष सुशिला गोलेले कार्यक्रम औचित्य बारे प्रकाश पारेका थिए । कार्यक्रममा स्थानिय माझी समुदायको उल्लेख्य उपस्थिती रहेको थियो । अडान पत्रमा आएको सुझाव सहित पुस्तकको रुपमा प्रकाशन गर्ने आयोजकले जनाएको छ ।

