काठमाण्डौ । प्रहरीले २ किलो २०० ग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाश गाउँपालिका-४ बस्‍ने १९ वर्षीय अमृत मोक्तान र एकजना नाम परिवर्तित रहेका छन् । उनीहरुलाई प्रहरी चौकी भैंसे मकवानपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता राजकुमार सापकोटाले जानकारी दिए ।