काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त भएका विद्यालयहरूमध्ये  करिब ८१ प्रतिशत विद्यालयहरु पुनःनिर्माण भइसकेको पुननिर्माण प्राधिकरणले जनाएको छ ।  प्राधिकरण स्थापनाको पाँच वर्ष पुगेको अवसरमा वि. सं. २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएका विद्यालयहरूको पुनःनिर्माण ८१ प्रतिशत भएको जनाएको हो ।

प्राधिकरणका अनुसार भूकम्पबाट क्षतिग्रस्त कुल सात हजार ५५३ विद्यालयमध्ये छ हजार ८५ विद्यालयको पुनर्निर्माण सम्पन्न गरिसकेको भइसकेको छ  ।  एक हजार ४६८ अर्थात् १९ प्रतिशत विद्यालय पुनःनिर्माणको क्रममा रहेका छन् । प्राधिकरणका अनुसार विद्यालयको पुनःनिर्माण यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

वि.सं. २०७२ सालको भूकम्पले ३१ जिल्लाका सात हजार ९२३ विद्यालय भवनमा क्षति पुगेकोमा जग्गा व्यवस्थापनसम्बन्धी समस्या भएर अन्य विद्यालयमा गाभिएकाले ३७० विद्यालय भवन निर्माण गर्नु नपर्ने भएकाले सात हजार ५५३ विद्यालयमात्र पुनःनिर्माण गर्नु परेको प्राधिकरणले जनाएको छ ।