काठमाण्डौ ।  खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा लागूऔषधविरुद्ध जनचेतनामुलक सडक नाटक प्रदर्शन भएको छ ।
लागूऔषधको प्रयोगले व्यक्ति, परिवार तथा समाजमा पर्ने नकरात्मक असरका विषयमा सचेतना फैलाउनका लागि नगरपालिकाका विभिन्न ठाउँमा सडक नाटक प्रदर्शन सुरु गरिएको हो । पुर्खाजित राईको निर्देशन, हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक सहयोग र ग्लोबल कनेक्सन मिडिया प्रा.लि.ले निर्माण गरेको जनचेतनामूलक सडक नाटक हलेसी तुवाचुङ नगरपालिका भित्रका बिभिन्न वडाहरुमा देखाइने क्रम जारी छ । नाटकमा लागुऔषधको प्रयोगले युवा पुस्तामा पर्ने असर, कुलतला लाग्दा पर्ने मनोबैज्ञानिक असर र समाजमा भएका सामाजिक घट्नाहरुलाइ उतार्ने उक्त नाटकका निर्देशक राईले बताए ।

हिजो फागुन २६ गते बिहिबार सरस्वती माध्यमिक बिद्यालय अर्खौले र दुर्छिम माध्यमिक विद्यालय दुर्छिममा नाटक प्रस्तुत गरिएको थियो । आज  च्यास्मिटार मावि च्यास्मिटारमा र महेन्द्रद्धोय मावि हलेसीमा प्रस्तुत गरिने आयोजकले जनाएको छ । नाटकमा ज्योति राई, जेबि डि।सि, बृहसमान सुनुवार, योगिन राई, उदिम चाम्लिङ, रोजिना खनाल र तुलसा राईको अभिनय रहेको छ।

नाटक मन्चन हुँदाको फोटोहरु :