काठमाण्डौ । पछिल्लो समय सामाजिक संजालमा भाईरल भईरहेको हेटौंडा उपमहानगरपालिका–५ मा रहेको माछापोखरीमा टिकटक बनाउनेको भिड बढ्दै गएपछि प्रवेश निषेध गरिएको छ ।

थामीनसक्नु भिड बढेपछी मर्मत कार्य नै प्रभावित भएपछि बुधबारदेखि प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौडाले पोखरीमा प्रवेश निषेध गरेको हो । करिव ४ महिना अगाडी माछापोखरीको मर्मत गर्नका लागि पोखरीबाट पानि निकालिएको थियो । माटो निकाल्न सुकाएको पोखरीमा जमिन चिरिएको र हरियो घास पलाएपछी आकर्षक देखिएको थियो ।