दानियल सुनुवार, गोकुलगंगा।  गएराती गोकुलगंगा गाउपालिका  वडा नं. ४ बेतालीमा विभिन्न स्थानमा गरी ७ वटा ठाउँमा चोरी भएको छ । स्थानीय बासीको घर, पसल, बेताली सहाकारी संस्थामा तोडफोड गरी सुन तथा नगद चोरी भएको छ । 

गोकुलगंग ४ बेतालीका वडाध्यक्ष देवराज कार्कीका अनुसार गोकुलगंगाको बेतालीमा रहेको बेताली बचत तथा ऋण सहकारी संस्थामा पाले नभएको मौका पारी लुटेराले सिसि क्यामेरा समेत निकाली योजनावद्ध प्रकारले चोरी गरेको अनुमान गरिएको छ। खुद्रा तथा किराना पसलबाट नगद, स्थानीयको घरबमा ढोकामा बाहिरबाट चुकुल लगाई सुन तथा नगद चोरी प्रायस भएको छ। कात्तिकेदेखी हलुवासम्म सात स्थानमा चोरी भएको अध्यक्ष कार्कीले बताएका छन्।

बेताली साकोसको सेफ स्थानीय प्रशासनको नियन्त्रणमा रहेको छ। कति क्षती भयो सो को मुचुल्का तयार गर्न जिल्ला प्रशासन कार्यलय मन्थली रामेछापबाट अनुसन्धान टोली आउँदै गरेको जानकारी अध्यक्ष कार्कीले दिएका छन् । क्षतीको पुर्ण विवरण आएको छैन । यो समेत सहकारी संस्था चोरी चार पटक भएको तथ्याङ्क रहेको छ ।  मुख्य सडकको दायाबायाँ लुटेराको निशाना परेको देखिएको छ। चोरी गर्ने व्यक्तिको पहिचान अहिलेसम्म खुल्न आएको छैन ।