रामेछाप । नेपालका अति सिमान्तकृत जातिमा पर्ने थामी समुदायमा अझै पनि बाल विवाह रोकिएको छैन ।

 विवाह गर्नको लागि कानूनले २० वर्षको उमेर हद तोकेपनि रामेछापको थामी समुदायमा कम उमेरमै विवाह गर्ने चलन कायमै छ । नेपालको अतिसिमान्तकृत जातिमा पर्ने थामी समुदायमा अझै पनि बाल विवाह रोकिएको छैन । अभिभावकको सहतिमा १८ वर्ष र अभिभावकको सहमतिविना २० वर्षभन्दा कम उमेरमा विवाह गरेमा बाल विवाह मानिन्छ । कानूनले विवाहको लागि उमेर हद तोकेपनि रामेछापको दोरम्बा गाउँपालिका वडा नं. १ का थामी समुदायमा भने बाल विवाह रोकिएको छैन । थामी सामुदायमा अझै पनि १३, १४ वर्षकै उमेरमा विवाह गर्ने चलन कामयमै छ । 
थामी समुदायमा परम्परागत रुढिवादी कायमै रहेको स्थानीय अगुवाहरुको भनाई छ । आर्थिक विपन्नताको कारण चेतनामा समेत पछि परेका थामी समुदाय बाल विवाहमात्र हैन विरामी पर्दा समेत स्वास्थ्य चौकी जाँदैनन् । आझै पनि धामी झाँक्रीमै विश्वास गर्दछन् । 
सानै उमेरमा विवाह गर्ने र विवाहपछि विद्यालय जान समेत छोड्ने गरेको पाइएको छ । विवाह पछि अभिभावकले विद्यालय नपठाउने र काममा खटाउने भएकाले शिक्षामा पछिपर्दा थामी समुदायमा परम्परागत रुढिवादी कायमै गरेको स्थानीयको भनाई छ । सामाजिक परिवर्तनको लागि शिक्षा, स्वास्थ्य र वालविवाह सम्बन्धित जनचेतनामूलक कार्यक्रम गरिरहेको स्थानीय थामी अगुवाहरुको भनाई छ । 
समाजमा वालविवाह भएपनि विगतको तुलमा अहिले निकै कम भएको स्थानीय जनप्रतिनिधिको दावी छ ।  थामी समुदायमा बाल विवाह रोक्नको लागि स्थानीय सरकारले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिन्छ । सुमित श्रेष्ठको सहयोगमा ।