-तारा सुनुवार
विश्वका महिलाहरुलाई समानता र न्यायका निम्ती आजको उचाई सम्म पुर्याउन र आठ मार्चको आन्दोलनले ठूलो भूमिका खेलेको छ । आठ मार्च श्रमिक महिला दिवस संसारकै विभिन्न देशहरुमा हरेक वर्ष मनाउने परम्परा भएको छ । नेपालमा पनि विभिन्न महिला संगठनहरु, सरकारी तथा गैर सरकारी निकायहरुले मनाउँदै आएका छन् । सयूक्त राष्ट्र संघले सन् १९७६–१९८५ महिला दशक र सन् १९७५ मा अन्तर्राष्ट्रिय नारी वर्ष घोषणा गरेपछि नेपालमा पनि नारी दिवस मनाउन थालिएकाो हो । यस वर्ष पनि अन्तर्राष्ट्रि स्तरमा “Gender equality today for a sustainable tomorrow”र राष्ट्रिय स्तरमा “सामाजिकन्याय र लैंङ्गिक समानताःदिगो विकासको सुनिश्चितता”भन्ने नाराका साथ ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइदै छ।
उन्नाईसौँ सताब्दीको सुरुमा युरोपमा औधोगीकिरणको विस्तारसँगै कलकारखानामा महिलाहरुले काम गर्न थाले । कलकारखानामा काम गर्ने समय दिनमा १५ देखि १६ घन्टा सम्म हुन्थ्यो तसर्थ अमानविय तरिकाबाट काम लगाइएको विरुद्ध र भोट दिने अधिकारको लागि महिलाहरुले संघर्ष सुरु गरे।
सर्वप्रथम सन् १८८९ को मार्च ८ मा साम्यवादी नेतृ क्लारा जेटकिनको नेतृत्वमा पेरिसमा श्रमिक महिलाहरुको अन्तराष्ट्रिय सम्मलेन भएकोे थियो । यस सम्मेलनमा उनले महिलाहरुको समान अधिकारका लागि आवाज उठाएकी थिइन् । महिला समानताका निम्ती आवाज उठाइएको यो नै पहिलो घटना थियो।
क्रमिक रुपले आठ मार्चलाई अगाढी बढाउन भएका प्रयासहरु:
- - न्यूयोर्कमा सन् १८९७ मार्च ८ मा श्रमिक महिलाले उचित ज्याला र १० घण्टा मात्र काम गर्ने माग राखेर हडताल, जुलुस, आमसभाको आयोजना (सडकमा उत्रिएको पहिलो प्रयास) महिलाहरुको अन्तर्राष्ट्रिय सम्मेलन।
- - सन् १९०७ मार्च ८ मा जर्मनको स्टुटगार्डमा महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलन।
- - सन् १९०८ माेच ८ मा अमेरिकको न्यूयोर्कमा श्रमिक महिलाहरूले समान मताधिकारको लागि जुलुस निकालेको।
- - सन् १९०९ मार्च ८ मा अमेरिकाको सिकागोमा श्रमिक महिलाहरूले आफ्नो अधिकारको लागि विशाल प्रदर्शन, जुलुस र हडताल गरेको।
क्रान्तिकारी रुपमा सम्पन्न यस सम्मेलनमा आठ मार्चको दिनलाई अन्तराष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउने भन्ने निर्णय भएको थियो जसको प्रस्ताव समाजवादी महिला नेतृ क्लारा जेटकीनले राखेको थिइन् ।
नारी दिवस पहिलो पल्ट सन् १९११ मा जर्मनी, अष्ट्रिया, डेनमार्क, स्वीजरल्याण्ड र अमेरिका पाँच देशहरुमा मनाइयो । सन् १९४५ मा संयूक्त राष्ट्रसंघले सिद्धान्तको आधारमा महिला पूरुषमा समानता कायम हुनुपर्छ भनी स्पष्ट गरिएको वडापत्र पारित गरेको थियो । सोही वडापत्र अनुसार सन् १९४६ मा महिलाको स्थिती सम्बन्धी आयोग गठन, सन् १९५१ मा समान ज्याला सम्बन्धी महासन्धी, सन् १९५२ मा मत दिन पाउने राजनीतिक अधिकार सम्बन्धि महासम्धी सन् १९५६ मा महिलाको नागरिकता सम्बन्धी महासन्धी सन् १९६० मा पेशागत भेदभाव उन्मूलन, सन् १९७९ मा महिला उपर हुने सबै प्रकारको भेदभाव उन्मूलन जस्ता अन्तराष्ट्रिय निर्णयहरु भए । सन १९१० अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाई सके पछि संयूक्त राष्ट्रसंघको सकृयतामा विश्वव्यापीरुपमा महत्वपूर्ण अन्तर्राष्ट्रिय महिला सम्मेलन सम्पन्न भए । ति सम्मेलनमा महिला अधिकार र समानताको विषयले व्यापकता पायो ।
१९७५ मा मेक्सीकोा सिटी महिलाको भुमिभका र विकासमा महिलाको प्रयास भन्ने नारा सहित १९७५ सन अन्तर्राष्ट्रिय वर्ष र १९७५ देखि १९८५लाई अन्तर्राष्ट्रिय महिला दसकको रुपमा घोषणा भएको थियो यसै गरी दोस्रो सम्मेन १९८० कोपेनहेगन मा महिलाको लागि शिक्षा स्वास्थ्य र राजगारी नाराका साथ महिला समानता सहभागिता,अवसर उत्तरदायित्व अधिकार भन्ने विषयको छलफल गरिएको थियो । तेस्रो सम्मेलन १९८५जुलाईमा केन्या नैरोवी मा १५७ राष्ट्रका प्रतिनीधिले भाग लिएर महिलाको आर्थिक सामाजिक तथा शैक्षिक विकासको बारेमा छालफल गरेका थिए यसै गरी चौथो सम्मेलन १९९५ १५ सेप्टेम्बरमा चिन बेइजिङमा २०० राष्ट्रका प्रतिनीधिले भाग लिएरु १२ महत्वपूर्ण विषयको पहिचान तथा समिक्षा नाराका साथ महिला र पुरुष बीचमा भेदभाव अन्त्य गर्न साझेदारी विकास भन्ने विषयको उठान गरिएको थियो ।यसरी महिलाले पनि पूरुष सरह शैक्षिक, सामाजिक, आर्थिक एवम् राजनैतिक अधिकार पाउनु पर्दछ भनि सर्वप्रथम आवाज उठाइएको दिन मार्च आठ तारिखलाई अन्तराष्ट्रिय नारी दिवसका रुपमा संसार भरि मनाउने गरिएको छ ।
नेपालमा पनि यो दिवसलाई राष्ट्रिय स्तरमा मनाउने गरिएको छ । नेपालको संविधान २०७२ले लैङ्गिक समानताको हकलाई प्रत्याभूत गरेको छ । लिङ्गको आधारमा कसैलाई पनि भेदभाव गरिने छैन भनी स्पष्ट भनिएको भए पनि सामाजिक र आर्थिक दृष्टिले त्यो कानुनी प्रावधानलाई व्यवहारिक बनाउन सकिएको छैन । परापूर्वकालका परम्परागत हाम्रो सामाजिक आर्थिक र सांस्कृतिक मूल्यमान्यता अनुसार महिलाले आफ्नो हक उपभोग गर्न सकिरहेका छैनन् । कानुन तः महिलाहरुलाई सक्षम र सशक्त बनाउने प्रयासहरु भए पनि व्यवहारिक रुपमा अझै कठिन भैरहेको छ । महिला हक हित सुरक्षित गर्ने कार्यमा नेपाली महिलाहरुको मात्र प्रश्न आएको छैन । एसियाली, अफ्रिकी, ल्याटिन अमेरिकी महिलाहरु पनि आफ्नो हक अधिकार सुरक्षित गर्न संघर्षरत रहेका छन् । मूलतः शैक्षिक र आर्थिक दृष्टिले सम्पन्न महिलाहरु राष्ट्रिय जीवनका उच्च तह सम्म पूगेका छन् । अन्तराष्ट्रिय नारी दिवसले महिलालाई पूरुष सरह प्रतिस्पर्धामा उत्रन सक्षम र सवल वनाउन राज्यले उठाउनु पर्ने कदमबारे सामुहिक आवाज उठाउने गरेको छ । यस्ता दिवसको औचित्य र महत्व त्यति वेला सार्थक हुन्छ जुन वेला राज्यले यसमा आवश्यकीय सबै कदम उठाउने प्रयास गर्दछ ।
बेइजिङ विश्व महिला सम्मेलनले छोरीलाई शिक्षा दिने समुचित वातावरण बनाउनु पर्ने कुरामा जोड दिएको थियो । शिक्षा प्राप्त महिला स्वतः समाजमा सशक्त भूमिका निवार्ह गर्न सक्षम हुने विश्वास गरिएको थियो तर यसका साथ साथै आर्थिक दृष्टिले पनि सक्षम बनाउनु पर्ने विचार उठीरहेको छ । महिला माथि हुने हिसां तथा बलात्कार जस्ता जघन्य अपराध वृद्धिलाई रोक्न संशक्त काुननलाई कडाईका साथ लागु गर्नुपर्ने अवस्था छ । महिला सम्बन्धि महा सन्धिलाई नेपालले लागु गरे पनि कैयौं कानुनहरुले नेपाली महिलाहरुलाई भेदभाव गरिरहेको आवाज चेतनशील वर्ग बाट उठीरहेको छ। जब सम्म आर्थिक, सामाजिक र राजनैतिक दृष्टिले महिलालाई सक्षम तुल्याउने प्रयास सफल हुदैंन तब सम्म महिलालाई सशक्तीकरण गर्ने कार्य पूरा हुदैन । सन् १९१० देखि महिला हितका निम्ती गरिएका अभियानमा अमेरिका र नेपालका महिलाको एकै तराजुमा राखेर हक हित सुरक्षित भएको परिकल्पना गर्न सकिदैन । आ–आफ्ना राष्ट्रका सरकार, नागरिक समाजहरु त्यसका लागि प्रतिवद्ध हुन जरुरी छ।
नेपालमा महिलाको परिवर्तनको अवस्था:
नेपालमा महिलाको परिवर्तन हरेक क्षेत्र शिक्षा स्वस्थ्य रोजगारी सबैमा भएको छ पछिल्लो समय नेपालको राजनीतिमा नीति निर्माणमा महिलाको वाहुल्यता वढदै गएको छ । यसरी नीति निर्माणमा महिलाहरुको उपस्थिीति वृद्धि गर्दै लैजानुमा समानता, समावेशी र मानव अधिकारको कारण मात्र नभई महिलाहरुले निर्वाहा गर्ने सकारात्मक र जिम्वेवार भूमिका हो । जसले गर्दा महिला सशक्तिकरण हुन लाई मद्धत गरेको छ।
नीतिगत प्रयास:
- - विकास कार्यमा महिला सहभागिता प्रवर्धन गर्ने नीति पहिलो पल्ट छैठौं पञ्चवर्षिय योजना (२०३७–४२)
- - सातौँ योजना (२०४२–४७) महिलाको उत्पादकत्व र क्षमता बढाउने ।
- - आठौं योजनामा महिला सरोकारलाई विकासको मुलप्रवाहामा समाहित गर्ने ।
- - नवौं योजना (२०५४–५९) लैङ्गिक समानता र महिला सशक्तिकरणका कार्यक्रमहरु तर्जुमा।
- - दशौँ योजना (२०५९–६४) लैङ्गिक मूलप्रवाहीकरण र महिला सशक्तिकरणका दोस्रो जनआन्दोलनको सफलता पछि अन्तरिम अवधिका लागि तर्जुमा गरिएको तीन वर्षिय अन्तरिम योजना (२०६४/२०६५– २०६६/०६७) ले राज्य संरचनामा महिला प्रतिनिधित्व र समस्त विकास प्रकृयामा लैङ्गिकीकरणमा जोड दियो ।
- - एघारौँ र वाहृौ योजना (२०६७/६८ –२०६९/७०) देखि नै लैङ्गिक समानता र महिला सशक्तिकरणका नीतिमा निरन्तरता।
- - तेह्रौँ योजना (२०७०/०७१– २०७२/०७३) देखि महिलाको मूलभूत तथा समान अधिकार सुनिश्चित गर्दै लैङ्गिकरुपले समावेशी र समतामूलक राष्ट्र निर्माण गर्ने दीर्घकालिन सोच हुनु ।
- - चौधौँ योजना (२०७३–७५) सम्ममा लैङ्गिक समानता मार्फत न्यायपुर्ण, सुरक्षित र सभ्य समाजको विकास गर्ने सोच ।
लैङ्गिक समानता प्राप्तिको अन्तराष्ट्रिय अभियानमा नेपालको सकृय सहभागिता रहदै आएको छ । मेक्सिको सिटि देखि बेइजिङ सम्म संयूक्त राष्ट्र संघको तत्वाधानमा सम्पन्न चारवटै विश्व महिला सम्मेलनमा प्रतिनिधित्व थियो । महिला अधिकार स्थापित गर्ने अन्तराष्ट्रिय महासन्धी पक्ष राष्ट्र बनेर पनि नेपालले आफ्नो अठोट व्यक्त गरे अनुसार राष्ट्रिय कार्ययोजना बनाएर समन्वयात्मक ढंगले काम गर्ने परिपाटी बसालिएको छ ।
संस्थागत व्यवस्था:
- - महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय
- - राष्ट्रिय महिला आयोग
- - महिला तथा बालबालिका विभाग
- - विभिन्न मन्त्रालयमा संरचानगत व्यवस्था र गैर सरकारी संस्थाबाट पनि विभिन्न प्रयास
- - लैङ्गिक सम्पर्क विन्दु तोक्ने व्यवस्था
- - सबै स्थानीय तहहरुमा महिला शाखाको परिकल्पना
सबै क्षेत्रमा महिलाको सहभागित उल्लेखनिय रहेको छ । वर्तमान राजनीतिमा उल्लेखनिय रहेको छ हाल महिलाको राजनितिमा सहभागिताः
- - स्थानीय तहमा ४१%,
- - प्रदेश तहमा ३४ %,
- - संघीय संसदमा ३३.५३ (प्रतिनिधि सभा ३२.७ राष्ट्रिय सभा ३७%) ।
विश्वभरमा महिलाहरुको समग्र उत्थानको लागि सुरुवात भएको नारी दिवसले नेपालमा आजको दिनसम्म लैङ्गिक समानताको लागि संगठित रुपमा अगाढी बढिरहेको छ । हाम्रो देशमा पूर्णरुपले लैङ्गिक समानता नभई सके पनि कोशे ढुङ्गाको रुपमा अगाढी बढिरहेको छ। महिला राष्ट्रपती, राजनीतिमा महिला सहभागितामा वृद्धि, सम्पती माथिको अधिकार आदि जस्ता पक्षमा दक्षिण एसियामा नेपालले महत्वपूर्ण स्थान बनाउन लागिरहेको छ। राष्ट्रिय, अन्तराष्ट्रिय स्तरमा नारी दिवसले नाराको रुपमा दिने सन्देशले लैङ्गिक समानताको लागि आहवान गरिरहेको छ । सोही अनुसारको कृयाकलापमा राज्यले रणनीति बनाएको छ ।
शताब्दीऔँदेखी दबाव र पीडाले पुरिएर रहेको महिलाहरुको स्थितिलाई क्रमशः मुक्त र स्वतन्त्र बनाउदै लाने क्रममा धेरै प्रयास भएका छन्। यसका लागि कतै लैङ्गिक समानताका घोषणा भएका छन्, त कतै महिला सशक्तिकरणको आवाज उठाईएका छन् । आम महिलाहरु स्वतन्त्र, सक्षम र सवल हुन आधारभूत आवश्यकताका समस्या समाधान गर्ने प्रकृया एकै साथ अघि बढाउनु पर्छ । उचित अवसर पाएमा, समान कानुनी प्रावधान नेपाली महिला सामाजिक, आर्थिक र राजनीतिक तीनै क्षेत्रमा प्रगती गर्नेछन् जसबाट परिवार, समाज र राष्ट्रकै प्रगती भई दिगो हुनेछ । नारी दिवसको मूल सन्देश पनि यहि नै हो ।
- लेखक सुनुवार नमोबुद्ध नगरपालिकाको महिला बालवालिका तथा समाज कल्याण उप शाखामा अधिकृत छैठौँ पदमा कार्यरत हुनुहुन्छ ।