सिनधुलीमाढी। नेपाल निजामती कर्मचारी संगठन सिन्धुली जिल्ला अधिवेशनले पदम मगरको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्य समिति गठन गरेको छ। शनिबार सिन्धुलीमाढीमा सम्पन्न अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको हो।

जिल्लाको नेतृत्वमा पूर्व अध्यक्ष पुरुषोत्तम दाहाल र पदम मगरको नाम आएपनि पदम मगरको नेतृत्वमा सर्वसम्मत भएको नवनिर्वाचित अध्यक्ष पदम मगरले बताउनु भयो। त्यस्ते उपाध्यक्षमा

प्रभुनाथ प्याकुरेल, सचिव दिल्ली सौगात घिमिरे, सहसचिवमा सरोज फुयाल र कोषाध्यक्ष पदमा नारायण अधिकारी सर्वसम्मत चयन हुनुभएको छ। अधिवेशनले २१ सदस्यीय कार्यसमिती चयन गरेकाे छ। खुला सदस्यमा इन्द्र बहादुर दुलाल, हेमन्त खड्का, भीम श्रेष्ठ, सुनिल न्यौपाने, रणबहादुर कार्की र गणेश खड्का निर्वाचित भएका छन् । त्यस्तै खुला महिला सदस्यमा इन्दिरा पहाडी, अस्मिता लुंगेली, इन्द्र कुमारी देवकोटा निर्विरोध निर्वाचित भएका छन् । दलित सदस्यमा युवराज परियार, जनजाती सदस्यमा लाक्पा दोर्जे तामाङ, श्रेणी विहिन सदस्यमा जित बहादुर खत्री, मधेशी सदस्यमा सुवास चन्द्र यादव निर्वाचित भएका छन् ।

अधिवेशनले ७ जना प्रदेश प्रतिनिधि तथा ५ जना केन्द्रीय प्रतिनिधि चयन गरेकाो छ। जसमा केन्द्रीय प्रतिनिधिमा पुरुषोत्तम दाहाल, दीपक काफ्ले, अशोक झा र हेम बहादुर थापा निर्वाचित भए । सिविए प्रतिनिधिमा तिलक बहादुर कार्की, सहकारी प्रतिनिधिमा रोहित कार्की चयन भएका छन ।

अधिवेशनमा उमेदवारी नपरेका महिला उपाध्यक्ष १, खुला सदस्य १, महिला सदस्य २, महिला केन्द्रीय प्रतिनिधि १ पदमा कार्यसमितिले निर्णय गरी मनोनयन गर्ने अध्यक्ष पदम मगरले बताउनु भयो।