काठमाडौं । प्रधानमन्त्रीले संसद् विघटन गरेपश्चात पहिलो पटक मन्त्रिषरिषद्को बैठक बसेको छ । शुक्रबार बसेको बैठकले संसद् विघटन भएपश्चात राजिनामा दिएका मन्त्रीहरुको स्थानमा नयाँ मन्त्रीहरु चयन गर्ने र जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ मन्त्रीहरुमा टोपबहादुर रायमाझी उर्जा मन्त्री, मणि थापा खानेपानी मन्त्री, प्रभु शाह सहरी विकास मन्त्री, प्रेम आले वन मन्त्री, गणेशसिंह ठगुन्ना सामान्य प्रशासन मन्त्री, गौरीशङ्कर चौधरी श्रम मन्त्री, दावा लामा युवा तथा खेलकुद मन्त्री, जुलीकुमारी महतो महिला तथा बालबालिका, विमला विश्वकर्मा उद्योग राज्यमन्त्रीको जिम्मेवारी रहने गरी नियुक्त गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले ६ जना मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको छ । भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयबाट पर्यटन मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय सम्हालेका हृदयेश त्रिपाठीलाई स्वास्थ्य मन्त्रालय, महिला मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका लीलानाथ श्रेष्ठलाई कानून मन्त्री, कानून मन्त्रालय सम्हालेका शिवमाया तुम्बाहाम्फेलाई भूमिसुधार मन्त्रालय र पद्मा अर्याललाई भने भूमिसुधारबाट कृषि मन्त्रीको जिम्मेवारी रहने गरी जिम्मेवारी हेरफेर गरिएको प्रधानमन्त्री निवास स्रोतले जनाएको छ ।

