काठमाण्डौं। काठमाडौं उपत्यकामा कोभिड–१९ संक्रमण रोकथामकालागी लगाइएको आंशिक निषेधाज्ञा पूर्णरूपमा हटेको छ ।

आज जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्ति जारी गर्दै पूर्णरुपमा प्रतिबन्धात्मक व्यवस्था हटाइएको जनाएको हो । गत माघ २३ गतेदेखि उपत्यकामा आंशिक रुपमा स्मार्ट लकडाउन लागु गरिएको थियो । प्रशासनले माघ २३ देखि आमससभा जुलुस भेला र मेलाबाहेकका कार्य खुकुलो बनाएको थियो । सपिङ मल, डिमार्टमेन्ट स्टोर आदि स्थानमा जाँदा खोप कार्ड अनिवार्य बोक्नुपर्ने नियम बनाईएको थियो ।

यस्तै, फागुन १ गतेदेखि डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबजस्ता रात्रिकालीन व्यवसायहरू राति १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने नियम थियो । आजबाट सम्पुर्ण नियम हटाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।