नवलपरासी। आदिवासी जनजाति समुदायको लागि मानव अधिकार सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम चितवन र नवलपरासीमा सम्पन्न भएको छ । अभिमुखिकरण कार्यक्रम युरोपियन युनियनको आर्थिक सहयोगमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको आयोजनामा सम्पन्न भएको हो । अभिमुखिकरण कार्यक्रम नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नं. २ नन्दपुरमा र चितवनको कालिका नगरपालिका वडा नं. ५ मा फागुन १३ र १४ गते एक साथ सम्पन्न भएको हो।

आदिवासी जनजाति समुदायहरुलाई मानवअधिकार, कानुन र संयन्त्रहरु (दुबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय) बारे जानकारी गराई उनिहरुको अधिकार स्थानिय तथा राष्ट्रिय स्तरमा पैरवी, संरक्षण र प्रवर्धन गर्न सहयोग पु¥याउनुे उद्देश्यले यस अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

मध्यविन्दु नगरपालिकामा सञ्चालित दुुई दिने अभिमुखिकरण कार्यक्रममा (लाहुर्निप) का सचिव तथा अधिवक्ता शंकर लिम्बुले सहजीकरण गर्नु भएको थियो । उक्त कार्यक्रममा थारु, बोटे र मगर समुदायको उपस्थिती रहेको थियो । जसमा चितवन राष्ट्रिय निकुञ्जबाट प्रभावित आदिवासी समुदायले भोगेका समस्याहरुबारे छलफल गरिएको थियो । 
अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ) को अध्यक्ष चिनीमाया माझीले आदिवासी समुदायको हक, अधिकारको संरक्षणको लागि सदैव सहयोग गर्ने जानकारी गराए । 

त्यस्तै चितवनको कालिका नगरपालिमा सञ्चालित दुई दिने अभिमुखिकरण कार्यक्रममा ज्ञान बहादुर योञ्जनले सहजीकरण गर्नु भएको थियो । जसमा बोटे समुदायको सहभागिता रहेको आयोजकले जनाएको छ । उक्त अभिमुखिकरण कार्यक्रममा जिल्ला स्तरिय आदिवासी जनजाति मानव अधिकार रक्षकहरुको संजाल गठन गरिएको छ । अभिमुखिकरण कार्यक्रममा महिला महासंघका नीति तथा वकालत अधिकृत कमला गुरुङले उद्देश्य माथि प्रकाश पारिएको थियो ।