काठमाडौं । सरकारले शेर्पालगायत अन्य उच्च भू-भागमा बसोबास गर्ने बौद्धमार्गी समुदायको विशेष पर्व ‘ग्याल्पो ल्होसार’को अवसरमा भोलि (विहीबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

बुधबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै फागुन १६ गते बसेको मन्त्रिपरिषदको बैठकले ग्याल्पो ल्होसारको अवसरमा देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघ–संस्थामा सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी गराएको हो ।

हिमाली क्षेत्र आसपासमा माटोहरूलाई खोस्रँदै, चौरी पाल्ने अनि मौसमसँग पौंठे जोरी खेल्ने हिमाली चिसो स्याँठमा हुर्किएका शेर्पालगायत अन्य उच्च भू–भागमा बसोबास गर्ने बौद्धमार्गी समुदाय भोलि ग्याल्पो ल्होसार मनाउँदैछन् ।