राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ बागमती प्रदेशको प्रथम अधिबेसन सम्पन्न भएको छ । शनिबार भद्रेनी जंगल रिसोर्ट चितवन सौराहमा प्रथम अधिबेशन सम्पन्न भएको हो । अधिबेशनबाट छिरिङ डोल्मा शेर्पाको अध्यक्षतामा नौ सदस्सीय कार्यसमिति निर्बिरोध निर्वाचित भएका छन ।
अध्यक्ष शेर्पा सँगै क्रमश उपाध्यक्षमा अमिता नगरकोटी, सचिबमा देबीमाया देवान, सहसचिबमा प्रतिक्षा माझी, कोषाध्यक्षमा रोशनी भुजेल, सदस्यहरुमा जानकी चौधरी, राम कुमारी थामी, लक्ष्मी दराई, कान्छी तामाङ ह्योल्मोपा निर्वाचित हुनु भएको छ ।
राष्ट्रिय आदिबासी जनजाति महिला महासंघको केन्द्रिय कोषाध्यक्ष निर्मला भुजेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिभिन्न तेह्र वटा जातिय संस्थाका महिलाहरुको उपस्थिती रहेको थियो ।