काठमाण्डौं । नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामाले उम्मेद्वारी घोषणा गरेका छन् । 

आज हेटौँडामा भएको कार्यक्रमबिच लामाले उम्मेद्वारी घोषणा गरेका हुन् । लामालाई कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानीयाँ र हालका कार्यबाहक सभापती बिष्णु लामिछानेको साथ देखिएको छ । लामालाई अधिकांश स्थानीय तहको सभापतिको साथ रहेको बताईएको छ ।

इन्द्र बहादुर बानीयाँले लामालाई ग्रिन सिग्नल दिएपछि आज लामाको उम्मेद्वारी घोषणा भएको हो । उम्मेद्वारी घोषणा कार्यक्रममा केन्द्रमा प्रकाशमान सिंहको पक्षधर मानिने मकवानपुर जिल्ला नेता तथा नेविसंघका महामन्त्री प्रभात दाहालको समेत उपस्थिती रहेको थियो । दाहालले पनि लामालाई सहयोग गर्ने बताईएको छ ।