दानियल सुनुवार, गोकुलगंगा। गोकुलगंगा गाउपालिकाको कार्यलयमा हिमालय पहुँच केन्द्र नेपाल को आयोजनामा एक दिने स्वास्थ्य जनचेतना कार्यक्रम सम्पन्न भएको छ। एक दिने कार्यक्रम बुधबार सम्पन्न भएको हो।
कार्यक्रम को संक्षिप्त जानकारी फिल्ड स्टाफ समेत रहेका जीवन सुनुवारले (खुडेपन) ओठ तथा तालु चिरीएको बिरामी लाई निशुल्क सघन उपचार गर्दै आएको संस्था हिमालयन पहुँच केन्द्र बारे स्पस्ट पार्नुभयो ।
नेपाल देश भरिनै सेवा प्रदान गर्दै आएको र रामेछाप दोलखा मा मात्रै ५ जना यस्ता ब्यक्तीहरुलाई सफल उपचार गरी फलोअप गर्दै आएको बताएका छन । रामेछापको उमाकुण्ड मा १ जना, गोकुलगंगा गा.पा. मा १ जना र सुनापती गाँउपालिका मा १ जना गरी ३ जना यस्ता मानिसहरुलाई यस हिमालयन पहुँच केन्द्र ले सेवा पु¥याउदै आएको बताउदै यस्ता अरु पिडत ब्यक्तीहरुलाई पनी सिधै सम्पर्कमा आउनुहुन आह्वान पनि गर्नुभयो ।
कार्यक्रमका प्रोजेक्ट म्यानेजर सुमन तामाङ ले देश भरीमा ४० हजार लगभग यस्ता बिरामीहरु रहेको तथ्याँक दिएका छन । पतिपय ग्रामिण भेगमा मानिने अन्धबिस्वास भएका समाज लाई जनचेतना दिदै खुडेपन कुनै अर्काे जुनीको श्राप तथा पापको कारण नभई स्वास्थ्यबिदहरुको खोज अनुसन्धान अनुसार गर्भावस्थामा हुदा आमाको स्वास्थ्य प्रतिको केही लार्पाही बाट हुनआएको एक अवस्था मात्रै हो । यसको उपचार सम्भव छ, भन्दै खुुडेपन को प्रकार, अपरेसन गर्न मिल्ने वा नमिल्ने अवस्था र राम्रा बिस्वासिलो तथा भरपर्दाै निशुल्क उपचार स्वास्थ्य केन्द्र तथा अस्पताल बारे बताउनु भयो । संस्थाले यस्ता ब्यक्तीलाई उपचार गरेर पठाउनेमात्र हैन निरन्तर फलोअप पनि गर्दै आएको प्रस्टयाउनु भयो ।
कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएको गोकुलगंगा गा.पा का प्रमुख प्रशासकिय कार्यकारी अधिकृत ईश्वरी प्रशाद सुवेदीले अब रुढिबादी तथा निराधार कुरामा अल्झेर पछि परेका दुरदराज मा रहेका समाजलाई जनचेतना दिऔ भन्दै खुडेपनको उपचार मा सहयोग पु¥याउने हिमाली पहुँच केन्द्र प्रोजेक्ट संग गोकुलगंगा गाँउपालिकाले गर्न सक्ने सहयोगमा सहजिकरण गर्न सधै तत्पर रहेको बताउनुभयो । कार्यक्रममा स्वास्थ्य , कृषि तथा सबै शाखा प्रमुख कर्मचारी साथै अन्य निमन्त्रीत ब्यक्तीहरुको उल्यख्य उपस्थिती थियो ।

