काठमाडौं ।लोकगीत संकलक, गायक तथा अभिनेता जयनन्द लामाको शव अन्तिम श्रद्धाञ्जलीका लागि राष्ट्रिय नाचघर जमलमा राखिने भएको छ ।

भोलि बिहान १० बजेदेखि १२ बजेसम्म श्रद्धाञ्जलीका लागि शव नाचघरमा राख्न लागिएको कलाकार कलाकार दिपाश्री निरौलाले जानकारी दिइन् ।

गायक लामाको आज बिहान भक्तपुरमा गाडीबाट झर्ने क्रममा असामयिक निधन भएको थियो ।