दानियल सुनुवार, गोकुलगंगा। गोकुलगंगा वडा नं. ३ मा अवस्थित ने.ख्रि.प्रशंसा मण्डली धारापानीको भवन समुदघाटन समारोहमा बोल्दै उपाध्यक्ष राधिका श्रेष्ठ नेवारले गोकुलगंगा गाउपालिकामा आफ्नो कार्यकाल अवधिमा धेरै कार्य सम्पन्न गरेता पनि केही कामहरु अझै पुरा गर्न नपाउदै निर्वाचन ढोकैमा आएको हुँदा बुनेको डालो बिट मार्न दिनुहोस् भनेका छन्। १० फाल्गुण मंगलबार उनले यस्तो राजनैतिक भाषाको गम्भिर रहस्यलाई सम्बोधन गर्नुभयो।
समउद्घाटन कार्यक्रममा आफ्नो मन्तब्य राख्दै गत साढेचार बर्ष भित्रमा ४१ भन्दा बढी पक्कि ठुलठुला संरचनाहरु निर्माण गर्न सफल भएपनी कतिपय सम्प्रदायलाई प्रतक्ष रुपमा सोचेजति सहयोग गर्न नपाएको गुनासो व्यक्त गर्नुभयो । ईसाईको आस्थाको केन्द्र चर्च भवनको उदघाटनलाई सम्बोधन गर्दे आफु ईसाई धर्मवालम्बी नभएतापनि धार्मिक साष्णिुता म संग छ , हाम्रो आवाज धर्म निरपेक्ष मुलुक हुनुपर्छ भन्ने हो भन्नुभयो । जनता र आफ्नो भावना पानी र माछा जस्तै हो । एक अर्का बिना यी दुबै बाच्न सक्दैनन भन्नुभयो ।
यसरिनै ३ नं. वडा रस्नालुका वडाअध्यक्ष नरबिक्रम कार्कीले आफुहरु पहिलो निर्वाचित जनप्रतिनिधी भएको र भुकम्पको पुननिर्माण संगसंगै कार्यलय ब्यवस्थापन जिर्ण भवन तथा भत्केको घरमा बस्नु पर्ने जस्ता धेरै झमेला झेल्नु परेको बताउदै बिकास निर्माण मा भनेजती गति दिन नसकेको खुलासा गर्नुभयो गोकुलगंगा गाउपालिकामा गुम्बा मन्दिर र र्चच कोलागी थोरै थोरै सम्बोधन गर्दै आएका छौं भन्नुभयो । अध्यक्ष काकिीले आफ्नै वडामा पर्ने दार्खा चर्च भत्केर लथालिङ भएको अवस्थामा छ । र यसलाई पुननिर्माण गर्न पर्ने ठुलो चुनौति आफुलाई परेको छ भन्नुभयो । कार्कीले तत्काल चुनावी संघारमा पुगेतापनि वडामा भएको केही बाकी रकमबाट यी पुननिर्माण को लागी सहयोग गर्न बचन बद्धता सार्वजानिक रुपमा पनि दिनुभयो ।
कार्यक्रमका सभापती सम्बोधन गरेका ईसाई धर्मगुरु पाष्टर लोक सुनुवार ले सबै स्थानिय जनप्रतिनिधी तथा आम जनसमुदाय सामु गोकुलगंगा ईसाई सम्प्रदाय को लागी मृत्युपश्चातको स्थायी घर समाधिस्थल ,ईसाई जनताको आस्था र बिस्वासको सुरक्षा, धार्मिक गुठि स्थापना, र ईसाईहरुको धार्मिक आस्थाको केन्द्र चर्च लाई स्थानिय सरकारको निती र कार्यक्रम भित्र समाबेस गरियोस भन्ने मौखिक रुपमा बुदागत अपिल गर्नुभयो । सुनुवार ले सच्चा नागरीक बन्ने परिचय दिदै चर्चमा उठाईने भेटि बाट पनि आफुहरुले सरकारलाई कर तिर्न चाहान्छौ त्यसैले गोकुलगंगाको सत्रै वटा चर्च हरु संस्थागत गरि दर्ता गरियोस भनी चर्काे ध्यानकार्षण पनि गराउनु भयो ।

