सिन्धुलीमाढी। नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) क्याम्पस कमिटीले क्याम्पस व्यवस्थापनसँग विभिन्न नौ सुत्रिय माग राख्दै क्याम्पस प्रमुख समक्ष ज्ञापन पत्र बुझाएको छ। अनेरास्ववियु क्याम्पस कमिटीले बुधबार बिहान क्याम्पस प्रमुख समक्षा ज्ञापन पत्र बुझाएको हो।

संयोजक लाेकेन्द्र बोगटीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा क्याम्पस कमिटीले यस अगाडीदेखि नै क्याम्पस प्रशासनलाई ध्यानाकर्षण गराएकोमा गैरजिम्मेवारपूर्ण व्यबहार गरेर माग कार्यान्वयनमा आपत्ती रहेको जनाएको छ। त्यस्तै नौ बुँदे माग राख्दै उक्त माग १५ दिन भित्रकार्यान्वयमा ल्याउन समेत दबाब दिएको छ।

यस्तो छ नौ बुँदे माग:जस्ताको त्यस्तै 

१. शैक्षिक वर्ष २०७६/७७ को छात्रवृत्तिको नतिजा तत्काल प्रकानका साथै २०७७/७८ र २०७८/७९ को प्रक्रिया अगाडि बढाइयोस।

२. पुस्तकालयमा प्रयाप्त पुस्तक र नेट उपलब्ध गराउनुको साथै पुरा समय खुलाइयोस।

३. कलेज पोसाक अनिवार्य गर्नुको साथै डिजिटल आइ डी. कार्डको ब्यबस्था गरियिस।

४. कोभिड महामारीको कारण गतसालको कक्षा ११ का विद्यार्थीहरुलाई आदि मासिक शुल्क संन्चालक समितिमा छलफल गरि १२ मा छुट गराउने सर्त लागुगरियोस।

५. स्नातकोत्तरको शुल्क घटाइयोस।

६. घण्टी मिलाउनुका साथै नियमित पुण कक्षा सन्चालन गर्नुपर्ने र जानकारी बिना अनुपस्थित हुने प्राध्यापकको हाजिर काटियोस।

७. क्याम्पस बाट प्रदान गरिने रसिदमा स्पष्ट विवरण खुलाइयोस ।

८. प्राध्यापकहरुलाई बितरण गरिएको ल्यापटप कक्षा संचालनमा प्रोजेक्टर मार्फत प्रयोग गर्नुका साथै विद्यार्थीहरुलाई कम्प्युटर सिकाइमा सहज बाताबरण सिर्जना गरियोस् । साथै सेनिटरी प्याड महिला सौचालयमानै उपलब्ध गरियोस।

९. समयसमयमा आन्तरिक मूल्याकंन गर्नुका साथै क्यालेन्डर अनुसारको गतिविधि गरियोस।