काठमाडौं। कन्चना सुनुवार स्मृती कोषले दुई जना क्यान्सर पिडित बिरामी लाई आर्थिक सहयोग गरेको छ । मंगलबार सुनुवार सेवा समाज कोटेश्वर काठमाडौं स्थित स्वर्गिय कन्चना सुनुवारको स्मृतिमा श्रद्धाञ्जली सभाको आयोजना गर्दै कोषले दोलखा जिल्ला तामाकोशी गाँउपालिका वडा नंं ७ हाँवा स्थायी निवासी बिरामीद्वय बाल कुमारी सुनुवार र रजिता सुनुवारलाई प्रति व्यक्ति १५ हजारका दरले आर्थिक सहयोग गरेको हो ।
सहयोग रकम बिरामीका आफन्तलाई सुनुवार सेवा समाज संघिय समितिका अध्यक्ष रणबीर सुनुवारले हस्तान्तरण गर्नु भएको हो । बिरामी दुबै जना बिगत लामो समय देखी क्यान्सर रोगबाट ग्रसित भई अस्पतालका उपचार गराईरहेका छन ।
क्यान्सर रोगबाट पिडित कन्चना सुनवारको उपचारको क्रममा निधन भएपछी उनको स्मृतीमा परिवारका सदस्यहरुले बिरामी, असाहय, असक्त आर्थिकरुपले अति बिपन्नहरु परिवारलाई सहयोग होस भन्ने उदेश्यले सुनुवार सेवा समाज संघिय समिति सँगको सहकार्यमा २०७१ सालमा कन्चना सुनुवार स्मृति कोषको स्थापना गरेका थिए ।
कोषको स्थापना पछी प्रत्येक बर्ष बिभिन्न प्रकारका बिरामी, असाहय, असक्तहरुलाई निरन्तर सहयोग गर्दै आईरहेको कोषका संस्थापक सदस्य रुद्धमान सुनुवारले बताउनु भयो ।