काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई सिफारिस भएका छन् । मंसिर ३० गते बसेको संवैधानिक परिषद्ले उनलाई प्रमुख आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको हो ।

मन्त्रिषरिद्‍को सिफारिसमा मंसिर २९ गते अध्यादेशमार्फत संवैधानिक परिषदको काम, कर्तव्य र अधिकार (कार्यविधि) पहिलो संशोधन गरेर संवैधानिक परिषद्‍को बैठक बसेको थियो ।  लगत्तै ३० गतेको बैठकले सिफारिसको निर्णय लिएको हो।