काठमाडौं । मन्त्रिपरिषद्‍को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । आईतबार बिहान मन्त्रिषरिषद्‍को आकस्मिक बैठकमा प्रधानमन्त्री ओलीले संसद् विघटन गर्ने निर्णय राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । राष्ट्रपतिले आम निर्वाचनको मिति २०७७ बैशाख १७ र २७ गतेलाई तोक्दै संसद विघटन गरेकी छन् ।

आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद विघटनको प्रस्तावको मन्त्रीहरुबाटै विरोध भएको थियो र सत्तारुढदल र विपक्षी दलहरुले समेत संविधानविपरित भएको बताउँदै आएका छन् ।