काठमाडौं, २९ माघ । आज भएको इंग्लिस प्रिमियर लिगको २५ औं चरणको खेलमा म्यानचेष्टर युनाइटेड बराबरीमा रोकिएको छ । युनाइटेडको घरेलु मैदानमा भएको खेलमा साउथह्याम्टनसँग १-१ गोलको बराबरी खेलेको हो ।
युनाइटेडले सान्चोको गोलबाट लिएको अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भएको हो । सान्चोले पहिलो हाफको १८ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा युनाइटेडले १-० को अग्रतामा खेल सकाएको थियो । तर दोस्रो हाफको ४८ औं मिनेटमा साउथह्याम्टनको एडामले गोल गर्दै बराबरी गरेका थिए। त्यसपछि बाँकी रहेको खेल अवधि भर दुवै पक्षबाट गोल हुन नसक्दा खेल बराबरीमा सकिएको हो ।
स्टार खेलाडीहरुले भरिएको युनाइटेडलाई रोक्दै साथउह्याम्टन २४ खेलमा ६ जित, ११ बराबरी र ७ हार खेलेर २९ अंकसाथ १० स्थानमा रहेको छ । महत्वपूर्ण अंक गुमाएको युनाइटेडले अंकतालिकामा चौंथो स्थानमा उक्लने सुवर्ण अवसर गुमाएको छ । युनाइटेडको २४ खेलमा ११ जित, ७ बराबरी र ६ मा हार सहित ४० अंक साथ पाँचौ स्थानमा रहेको छ ।