काठमाण्डौ ।  भोलिदेखि देशभरका शैक्षिक संस्थामा भौतिक उपस्थितसहित पठनपाठन हुने भएको छ ।

कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै बन्द भएका शैक्षिक संस्थाहरुमा भोलीदेखि भौतिक उपस्थितीसहित पठनपाठन हुने भएको हो ।

सरकारले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै विद्यालय, विश्वविद्यालयहरु, ट्युसन सेन्टरहरु सञ्चालन अनुमति दिएको छ ।  विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रुपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो दिनमा कक्षा सञ्चालन गर्न आग्रह गरिएको छ ।

कोरोना संक्रमण जोखिमका कारण शैक्षिक संस्थाहरुले भर्चुअल पठनपाठन गरेका थिए । तर, विद्यार्थीहरुले भर्चुअल पठनपाठन भए पनि प्रभावकारी नभएको गुनासो गर्दै आएका छन् ।००००