काठमाडौं। चारदेशीय टी–२० शुंखला अन्तर्गतको खेलमा यूएईले नेपाललाई १९३ रनको चुनौती दिएको छ ।

ओमानको मस्टकस्थित अल अमेरत क्रिकेट मैदानमा भईरहेको खेलमा नेपालले टस जितेर ब्याटिङको निम्तो दिएको थियो । यूएईले निर्धारित २० ओभरमा तिन विकेटको नोक्सानीमा १९२ रन जोड्यो ।

 

यूएईका लागि चिराग सुरुले सर्वाधिक ८४ को योगदान गरे । यस्तै, रोहान मुस्थापाले ४९ रन जोडे । वासेम मोहम्मद २२ रनमा पबिलियन फर्कीए भने बसिल हमेद १७ रनमा आउट भएका थिए ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने, शाहब आलम र आरिफ सेखले समान एक/एक विकेट लिए ।