काठमाडौं, २८ माघ । नेपालले ओमनलाई आफ्नै घरेलु मैदानमा ६ विकेटले हराएको छ । शुक्रबार (आज) बाट सुरू भएको चार देश सम्मिलित टि-२० आई सिरिजमा नेपालले ओमनलाई हराउँदै सुखद् सुरुवात गरेको हो ।
नेपालको जितमा दीपेन्द्रसिंह ऐरी नायक बने । उनले अविजित ५३ बलमा ८ चौका र १ छक्कासहित ७३ रनको अर्धशतकीय इनिङ्ग खेल्दै जित दिलाए ।
टस जितेर फिल्डिङ्ग रोजेको नेपाललाई ओमनले २० ओभरमा १ सय ३६ रनको विजय लक्ष्य दिएको थियो । जितसँग नेपालको यस सिरिज लगत्तै हुने विश्वकप छनौट डिभिजन-२ का लागि मनोबल उच्च हुने भएको छ ।