काठमाडौं। कोरोना सङ्क्रमणदर न्यून भएसँगै कोभिड १९ को तेस्रो लहरको अन्त्य हुने संकेत देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार १२८ जना सङ्क्रमित थपिएका छन्। 

मन्त्रालयका अनुसार २० हजार ९८९ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ति सङ्क्रमित थपिएका हुन्। मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण १४ जनाको ज्यान गएको र २ हजार २१५ जनाले कोरोना जितेर निको भएको जनाएको छ। 

हाल नेपालमा २७ हजार ४४१ जना सक्रिय सङ्क्रमित रहेको जनाएको छ।