काठमाडौं। प्रतिलिटर ९ रुपैयाँले बढेको दुधको मूल्यवृद्धि शुक्रबारदेखि लागू हुने भएको छ। गत माघ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार दुग्ध विकास संस्थान (डिडिसी)ले दूधको प्रतिलिटर मूल्य नौ रुपैयाँले वृद्धि गरेको थियो।

बिहीबार डिडिसीले एक विज्ञप्ति जारी गर्दै शुक्रबारबाट बढेको मूल्य लागू हुने जनाएको छ। यसअघि बजारमा प्रतिलिटर ७६ रुपैयाँ रहेको दूधको मूल्य अब भोली शुक्रबारबाट ८५ रुपैयाँ हुने भएको छ। वृद्धि भएको मूल्यमध्ये प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा किसानले पाउनेछन् भने बाँकी उद्योगीले पाउने डिडिसीका महाप्रबन्धक राजेन्द्र अधिकारीले बताएका छन्।