दानियल सुनुवार, गोकुलगंगा । गत माघ ७ गतेबाट सबै कार्यलय प्रवेशमा खोप कार्ड अनिवार्य गरेपछि जनजीवनमा एक प्रकारको कोलहल मच्चिरहेको छ। बैंक तथा सहकारी जस्ता कार्यलयमा खोप कार्ड बिना प्रवेश निशेध गरेपछि खोपकार्ड नभएका ग्राहकहरुमा तनाब सिर्जना भएको हो।

यो अवस्था लाई मध्यनजर गर्दै रामेछाप गोकुलगंगा गाउँपालिकाले सबै उमेर समुहकाहरुलाई  पहिलो र दोश्रो भ्याक्सिन छुटेकाहरुको लागी उमेर हद अनुसारको तालिका र स्थान निश्चित गरी भ्याक्सिन लगाउन थालेको हो। तीन दिन लगातार भ्यासिन लगाउने क्रम विभिन्न स्वास्थ्य चौकी मार्फत् निरन्तर दिइ रह्यो। वडा नं. ३ रस्नालुको स्वास्थ्य चौकी पनि खोप लिन आउने हरुको घुईँचो भएकोले बिहानदेखि बेलुकासम्म नै स्वास्थ्यकर्मी हरु व्यस्तता देखीन्थे। 

रस्नालु स्वास्थ्य चौकीका ईन्चार्ज ईश्वरी शाहाका अनुसार वडा नं. ३ मा मात्रै १ हजार ५७२ जनाले खोप लगाईसकेका छन्।  कोभिडसेल, एस्टराजेनीका र दोस्रो डोज लिईसकेका छ महिना पुरा भईसकेकालाई बुस्टर डोज पनि दिईएको छ ।  शाहाका अनुसार १४ गतेदेखी १७ गते सम्म खोप लगातार चलेपनी केहि छुटेका हरुलाई अझैपनी भ्याक्सीन निरन्तर गरिएको बताउनुभयो ।