रामेछाप(सर्मीला सुनुवार)–रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको सरुवा गरेको छ ।


गृह मन्त्रालयले शुक्रबार देशका विभिन्न जिल्लाका १८ प्रमुख जिल्ला अधिकारीहरुसँगैँ रामेछापका प्रजिअ रुद्रादेवी शर्माको सरुवा गुल्मी जिल्लामा गरेको हो ।


११ महिना प्रमुख जिल्ला अधिकारी भएर रामेछापमा शर्माले जिल्लामा कोविड नियन्त्रण तथा व्यवस्थापन, जिल्लाको समग्र शान्ति सुव्यवस्था, प्रितीमा ईलाका प्रशासन कार्यालय सन्चालन र सबै पालिकाहरुमा पुगेर बजार अनुगन लगायतका धेरै महत्वपुर्ण कामहरु काम गरेका छन् । रामेछापका प्रजिअ शर्मा गुल्मी जिल्लामा सरुवा हुने भएका मन्त्रालयले जनााएको छ  । मन्त्रालयका अनुसार निवर्तमान प्रजिअ शर्मापश्चात् पाँचथरका प्रजिअ अर्जुनकुमार शर्मा रामेछापका प्रजिअको रुपमा आउने भएको छ ।