स्याङ्जा–दश वर्षीय हिमालय सुनुवारले प्याराग्लाइडिङ् उडाएका छन् ।


दक्षिण एसियाकै पहिलो द बाबु एड्भेन्चर प्याराग्लाइडिङ स्कुलका सञ्चालक सानोबाबु सुनुवारका छोरा १० वर्षीय हिमालय सुनुवारले शुक्रबार प्याराग्लाइडिङ् उडाएका हुन्् । बाबुबाट उडान भर्न सिकेका सुनुवारले मंसिर २० गते पहिलो उडान गरेका थिए ।

दश वर्षीय हिमालयन सुनुवार उडान भर्नु अगाडी

सर्वोच्च शिखर सगरमाथाबाट बुबाले प्याराग्लाइडिङ गरेको प्रेरणाबाट उनी प्रभावित भएको हिमालयले बताएका छन् । 
सानै उमेरदेखि आकाशमा उड्ने रहर भएपछि छोरा हिमालयको इच्छा  पूरा गराउन अकाशमा उडान भर्न सिकाउँदै आएको सञ्चालक सुनुवारले बतााए ।


रमणिय पर्यटकीय गन्तव्यको रुपमा परिचित स्याङ्जाको स्वरेकस्थित दक्षिण एसियाकैएसियाकै प्याराग्लाइडिङ् स्कुलमा दैनिक सयौँको संख्यामा प्याराग्लाइडिङ् सिक्नेहरुको ताँतिले पनि १० वर्षीय हिमालय सुनुवारलाई आकाशमा उड्ने साहस जुटेकामा सञ्चालक सुनुवार खुशी छन् ।

द बाबु एडभेन्चर प्याराग्लाइडिङ् स्कुल (दक्षिण एसिकाकै पहिलो प्याराग्लाइडिङ् स्कुल)  तस्वीर - बाबु एडभेनुचरको फेसबुक पेज वालबाट

त्यसो त ! उनका बुबा सानोबाबु सुनुवार सन् २०१२ मा सर्वोच्च शिखर सगरमाथाको चुचुरोदेखि प्याराग्लाइडिङ गरेर समुन्द्र तटसम्म पुगेर  नेशनल जियोग्राफी साहसिक हिरो अफ द इयरबाट सम्मानीत भईसकेका छन् । द बाबु एड्भेन्चरका सञ्चालक सुनुवार प्याराग्लाईडिङ प्रशिक्षकसमेत हुन् । उनको परिवारमा आमा र दाईले पनि प्याराग्लाइडिङ्गर्दै आईरहेका छन्  ।

यसरी पारिवारीक प्रेरणाका कारण १० वर्षिया हिमालयन सुनुवार बुबा जस्तै सगरमाथाबाट प्याराग्लाइडिङ गर्ने लक्ष्य राखेका बताउँछन् । 

स्रोत: The BABU Adventures International Paragliding School